विश्वभर चीनको आर्थिक र भूराजनीतिक उपस्थितिसँगै चिनियाँ आपराधिक समूहहरूको उपस्थिति पनि बढेको छ । विभिन्न चिनियाँ आपराधिक समूहको सक्रियता एसियामा मात्र नभई विश्वभर फैलिसकेको छ ।चिनियाँ आपराधिक समूहको समस्या अमेरिकामा पनि उस्तै छ । उत्तर अमेरिकाको फेन्टानाइल संकट चीनसँग जोडिएका आपराधिक नेटवर्कहरूकै कारण देखिएको हो । फेन्टाइनल राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय हो, अमेरिकाले यस्तो संकट धेरैजसो चीनबाट आएको जनाएको छ ।
यद्यपि, चीनबाट संगठित अपराधको दायरा विश्वव्यापी लागुऔषध ओसारपसार र मनी लन्ड्रिङमा मात्र सीमित छैन । चिनियाँ आपराधिक समूहहरू अवैध शिकार र वन्यजन्तु बेचबिखन, साइबर अपराध, व्यापक जालसाजी र घोटालाहरू, मानव बेचबिखन र दासत्वमा संलग्न रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
गैरकानुनी रूपमा अमेरिका र क्यानडामा मानिसहरू ल्याउने लामो अनुभव भएका चिनियाँको आपराधिक सञ्जालले अमेरिका-मेक्सिकोको सीमामा गतिविधि बढाएको छ ।चिनियाँ माछा मार्ने जहाजहरूले प्रायः गैरकानुनी रूपमा संरक्षित समुद्री क्षेत्रहरू र अन्य देशहरूको विशेष आर्थिक क्षेत्रहरूलाई असर पार्दै आएका छन् ।
यसबाट लागुपदार्थको तस्करीलाई सहज बनाउन र बाह्य दाबी र सैन्य भिडन्तहरूमा चिनियाँ सरकारको समुद्री मिलिशिया प्रोक्सीको रूपमा काम गर्न सहज भएको छ । उनीहरूले विश्वभर चिनियाँ जासुसीलाई पनि बढावा दिँदै आएका छन् ।वास्तवमा, यी आपराधिक नेटवर्कहरूले चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) र चिनियाँ कानुनी उद्यमहरूलाई विभिन्न सेवाहरू प्रदान गर्छन् ।
तिनीहरूले भ्रष्टाचारको सञ्जाल र विदेशी राजनीतिज्ञ र व्यवसायहरूबीचको प्रभाव सिर्जना गर्न मद्दत गर्छन् ।चिनियाँ सरकारसँगको सम्बन्धका कारण, चीन-सम्बन्धित आपराधिक सञ्जालहरूले सन् २०२४ मा आफ्नो भौगोलिक पहुँच विस्तार गर्न र विभिन्न अवैध अर्थतन्त्रहरूमा भूमिकालाई गहिरो बनाउने सम्भावना छ ।
चिनियाँ साइबर क्राइम नेटवर्कको उच्च सीप र चिनियाँ सरकारसँगको सम्बन्धले चिनियाँ आपराधिक नेटवर्कहरूमा एआईको प्रयोग पनि बढेको छ ।
२०२४ मा, चिनियाँ संगठित अपराधसम्बन्धी मुख्य मुद्दाहरू निम्नानुसार छन्ःयुक्रेनमा रुसको आक्रमणमा चीनको सहयोगले, रुसमा चिनियाँ आपराधिक समूह र चीनमा रुसी आपराधिक समूहको उपस्थितिलाई कति बलियो र विस्तार गर्नेछ ? रुसलाई उपकरण र सामानहरू उपलब्ध गराएर पश्चिमी प्रतिबन्धहरू हटाउन मद्दत गर्ने चीनको प्रयास विशेष चिन्ताको विषय हो ।
अस्ट्रेलिया, न्यूजिल्याण्ड र सम्भवतः पूर्वी एसियाका अन्य ठाउँहरूमा मेथाम्फेटामाइनको तस्करीमा मेक्सिकन कार्टेलहरूको विस्तारले चिनियाँ आपराधिक समूहहरूसँग हिंसक झडप हुन सक्छ ।चिनियाँ आपराधिक समूहहरूले युरोपमा सिंथेटिक लागूपदार्थको तस्करीलाई तीव्र पार्छन् वा त्यो बजार मेक्सिकन कार्टेलहरूलाई सुम्पन सक्छन् ।
हाम्रो अनुसन्धानले विभिन्न अवैध अर्थतन्त्रहरूमा संलग्न विभिन्न संरचनाहरूको १०० भन्दा बढी चीन–सम्बन्धित आपराधिक नेटवर्कहरू पहिचान गरेको छ । सायद, सबैभन्दा कुख्यात र लामो समयदेखि सञ्चालित चिनियाँ आपराधिक समूहहरू सुन यी ओन, वो शिङ वो र १४के लगायत लागुऔषध ओसारपसार, अवैध जुवा, ठगी, मानव बेचबिखन, घुसखोरी र भ्रष्टाचारमा संलग्न छन् ।
१४के सबैभन्दा सफल आपराधिक समूहमध्ये एक हो । एशिया-प्यासिफिक क्षेत्रमा मेथाम्फेटामाइन तस्करी हावी हुनुका साथै चिनियाँ सरकारलाई विभिन्न सेवाहरू प्रदान गर्ने आपराधिक समूहमध्ये यो एक पर्छ । सिंथेटिक ओपिओइड्सको उदयले लागुऔषध ओसारपसारमा संलग्न चिनियाँ आपराधिक समूह पनि बढेका छन् ।यसमा फुजियान गिरोह वा फुजियान माफिया र क्यान्टोनिज माफिया समावेश छन्, जुन अपराध सिन्डिकेटहरू हुन्, जुन चीनका विशेष स्थानहरूबाट उत्पन्न भएका वा तिनीहरूसँग सम्बन्धित छन् ।
बोलिभियामा, चितुवाको अंग तस्करीमा संलग्न पुटियन गिरोह, जसलाई ‘फुजियान माफिया’ को दक्षिण अमेरिकी शाखाको नाम दिइएको छ । बोलिभिया र अर्जेन्टिनाका अवैध क्यासिनोहरू, फुजियान माफियासँग जोडिएका छन्, जहाँ चिनियाँ ग्राहकहरूलाई मात्र प्रवेश दिइन्छ । यिनीहरुको मुख्य काम मनी लन्ड्रिङ हो । यस्तै समस्या चिली र स्पेनमा पनि छ ।चिनियाँ आपराधिक समूह अफ्रिका र एसियामा वन्यजन्तुको तस्करीमा वर्षौंदेखि संलग्न छन् ।
अफ्रिकाबाट सन् २०१८ अघि हात्तीको दारा चीनतर्फ तस्करी हुन्थ्यो, जसमा यांग फेंगलान नामको चिनियाँ आपराधिक नेटवर्क संलग्न थियो । कोभिडकालमा चीनले हात्तीको दारा बिक्रीमा रोक लगाएपछि केही सुस्त भए पनि पछिल्लो समय फेरि तस्करी बढेको छ । चीनले त्यस्तो प्रतिबन्ध सन् २०२३ देखि हटाइसकेको छ ।
पछिल्लो समय चीन र एसियाली बजारका लागि गैंडा जस्ता प्रजातिको शिकार पनि बढेको छ । जुन तस्करी चालु आर्थिक वर्षमा पनि निरन्तरत हुनेछ ।सम्पत्ति शुद्धीकरणमा पनि चिनियाँ आपराधिक समूह अगाडि आएका छन् । चिनियाँ कालोधनको गन्तव्य लामो समयदेखि अस्ट्रेलिया बन्दै आएको छ । तर, अस्ट्रेलियाले यसमा रोक लगाउन सकिरहेको छैन । क्यासिनो, जुवा, सट्टेबाजी सम्पत्ति शुद्धीकरणका लागि प्रयोग भइरहेको छ ।
एशियाका अन्य थुप्रै विशेष आर्थिक क्षेत्रमा जस्तै, लाओस, थाइल्यान्ड र म्यानमारको सीमास्थित गोल्डन ट्राएंगल स्पेशल इकोनोमिक जोन जुवा खेल्ने अड्डा हो, जहाँ अपराध, धोखाधडी, जबर्जस्ती मजदूरी, यौनशोषण, साइबर अपराध, भ्रष्टाचार, वन्यजन्तुको अंग तस्करीले भरिएको छ । यहाँका मुख्य पर्यटक चिनियाँ नै हुन् ।
यो केन्द्रको रेखदेख चिनियाँ व्यापारी झाओ वेईले गर्दै आएका छन् । उनी म्यानमारको सेनासँग मिलेर मेथमफेटामाइनको तस्करीमा पनि संलग्न छन् ।चीनले अपराधविरोधी आफ्नो कडा कानुनको दाबी गर्दै आएको छ । हरेक वर्ष विभिन्न प्रकारमा अपराधमा संलग्न ठूलो संख्यामा व्यक्तिहरुलाई पक्राउ पनि गर्दै आएको छ । तर यसका बाबजूत ठूला चिनियाँ आपराधिक नेटवर्कविरुद्ध खासै कारबाही गर्न सकेको छैन । त्यसैले अमेरिकाले चिनियाँ आपराधिक समूहविरुद्ध बलियो उपस्थिति देखाउनुपर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया