भारतले 'छिमेक पहिलो नीति' अन्तर्गत सन् २०२४–२५ को केन्द्रीय बजेटमा भुटानलाई सबैभन्दा बढी सहयोग गरेको छ । यस आर्थिक वर्षमा नेपाललाई २ हजार ६८ करोड रुपैयाँ विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा भुटानमा विभिन्न योजनाका लागि २४ ०० करोड भारु विनियोजन गरिएको थियो । बङ्गलादेशलाई चालू आर्थिक वर्षमा १२० करोड भारु विनियोजन गरिएको छ, जुन गत आर्थिक वर्षमा २०० करोड भारु थियो । बंगलादेशमा अहिले सरकारी जागिरमा आरक्षणको विषयलाई लिएर अशान्ति छाएको छ ।
त्यस्तै, सन् २०२४–२५ को केन्द्रीय बजेटमा मौरिससका लागि दिइने आर्थिक सहायतामा पनि कटौती गरिएको छ । त्यसका लागि रु तीन खर्ब ७० करोड विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा यो रकम ४ ०० करोड रुपैयाँ थियो । म्यानमारका लागि पनि यस वर्षको बजेट ४०० करोडभारुबाट घटेर २५० करोड भारुमा झरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया