माल्दिभ्सको अवस्था नाजुक, सहयोगको हात फैलाउन चीन पुग्यो माल्दिभ्स

चीनको आह्वानमा आफ्नै छिमेकी राष्ट्र भारतसँग शत्रुता गर्ने माल्दिभ्सको अवस्था अहिले खस्कँदै गएको छ। बिग्रँदो अर्थतन्त्रलाई सम्हाल्न चीनको शरणमा माल्दिभ्स पुगेको छ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले अब आफ्ना विदेशमन्त्री मुसा जमीरलाई चीनसँगको मित्रता बढाउन ५ दिने भ्रमणका लागि बेइजिङ पठाएका छन् । सोमबार मुसा जमीरले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग पनि भेट गरेका थिए । 

माल्दिभ्सको विदेश मन्त्रालयका अनुसार मुसा जमीरले देशको ऋणमा डुबेको अर्थतन्त्रलाई सम्हाल्न चीनसँग सहयोगको लागि अनुरोध गरेका छन् । वाङसँगको भेटमा जमीरले माल्दिभ्सको आर्थिक तथा वित्तीय अवस्थाका बारेमा जानकारी दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनले वित्तीय सुधार कार्यक्रम कार्यान्वयन गर्न चीनसँग सहयोग गर्न आग्रह गरे। मुसा जमीरले सुधार कार्यक्रमको कार्यान्वयनले देशको अर्थतन्त्रप्रति उपभोक्ता र लगानीकर्ताको विश्वास बढाउने बताए ।

द्विपक्षीय छलफलका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले दुई देशबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन चीनको प्रतिबद्धता दोहोर्‍याएको बताइएको छ। यस क्रममा जमीरले चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभमार्फत सहयोग गरेकोमा चीनलाई धन्यवाद दिए। चीनको प्रशंसा गर्दै जमीरले माल्दिभ्स र चीनबीचको मित्रताको लामो इतिहास रहेको र चीन सधैं माल्दिभ्सको निकटतम साझेदार रहेको बताए।

उल्लेखनीय छ, अहिले माल्दिभ्सको अर्थतन्त्र संकटमा छ । सिंगो देश पर्यटनमा निर्भर छ । जब भारतीय प्रधानमन्त्री मोदी लक्षद्वीप गएका थिए, माल्दिभ्समा भारतीयहरूको संख्यामा यो वर्षको मे महिनामा कमी आएको थियो, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि माल्दिभ्सलाई लिएर चेतावनी दिएको थियो। आईएमएफले आफ्नो प्रतिवेदनमा माल्दिभ्सले नीति परिवर्तन नगरे ठूलो खतरा हुन सक्ने बताएको थियो।

मालदिभ्समा हाल चीनको १.३ अर्ब डलरभन्दा बढी ऋण छ, जुन कुल ऋणको २० प्रतिशत हो। योसँगै मुलुकको वित्तीय घाटा पनि निरन्तर बढिरहेको छ । यो संकटबाट देशलाई उकास्नका लागि माल्दिभ्सले अब चीनतिर सहयोगको हात फैलाअएको छ । यसअघि मे महिनामा चिनियाँ राजदूत वाङ लिक्सिनले माल्दिभ्सले चीनलाई दिएको ऋणमा राहत दिन दुई देशबीच वार्ता भइरहेको बताएका थिए। तर, ऋणको पुनर्संरचना गर्ने कुनै योजना नभएको स्पष्ट पारिएको छ । वाङले माल्दिभ्सको बढ्दो ऋणबाट चीन पनि चिन्तित रहेको बताएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया