सस्तो चिनियाँ उत्पादनकाे चिन्ता , भारतसँग युरोपको आपूर्तिकर्ता बन्न सक्ने ठूलो अवसर

स्विस संसदका सदस्य तथा स्विस–भारत संसदीय समूहका अध्यक्ष निक गुगरले युरोपेली देशमा फैलिरहेको सस्तो चिनियाँ उत्पादनबारे बढिरहेको चिन्ताका बीच भारतसँग युरोपमा आफ्नो आपूर्ति विस्तार गर्ने ठुलो अवसर रहेको बताउनुभएको छ ।

“भारतको लागि यो ठूलो मौका हो भन्ने हामीलाई लाग्छ”, गुगरले भन्नुभयो ।
“हामीलाई अन्य देशबाट सस्तो उत्पादनहरू आवश्यक पर्दैन र हामीसँग उनीहरूसँग स्वतन्त्र व्यापार सम्झौता छ जहाँ हामी उच्च गुणस्तरीय सेवासँगै काम गर्न चाहन्छौँ भनेर विश्वलाई देखाउने मौका छ र यो सही अवसर हो,” उहाँले अगाडि थप्नुभयो ।

युरोपेली युनियनले विद्युतीय सवारी साधन, सौर्य प्यानल र विन्ड टर्बाइनलगायत सस्तो चिनियाँ उत्पादनहरू उनीहरूको बजार र स्थानीय हितलाई हानी पुर्याउने कुरामा चिन्ता व्यक्त गर्दै आएको छ ।

यसबाहेक भारतमा रहनुभएका स्विस सांसदले भारत र चार युरोपेली देश (स्विट्जरल्यान्ड, आइसल्याण्ड, नर्वे र लिचेन्स्टाइन) बिचको व्यापार र आर्थिक साझेदारी सम्झौताको विषयमा पनि कुरा गर्नुभएको छ ।

भारत–युरोपेली स्वतन्त्र व्यापार सङ्घले सन् २०२४ को मार्च १० मा व्यापार र आर्थिक साझेदारी सम्झौता (टिइपिए) मा हस्ताक्षर गरेको थियो । सन् १९६० मा यसको चार सदस्य राष्ट्रहरूबीच स्वतन्त्र व्यापार र आर्थिक एकीकरणको प्रवर्द्धनका लागि स्थापित एक अन्तर–सरकारी संस्था टिइपिए हो ।
यो स्वतन्त्र व्यापार सम्झौता भारतले युरोपका चार देशहरूसँग गरेको पहिलो व्यापार सम्झौता हो । यसले दुवै पक्षका लागि विभिन्न अवसरहरू प्रदान गरेको छ ।

“मुम्बईमा पहिलोपटक आइतबार व्यापार र आर्थिक साझेदारी सम्झौतासम्बन्धी कार्यक्रम हुनेछ,” उहाँले भन्नुभयो ।

उहाँले भारत–स्विजरल्याण्ड द्विपक्षीय सम्बन्धबारे पनि कुरा गर्नुभयो ।

“हामी भारत–स्विजरल्याण्ड सम्बन्धको ७६औँ वर्षमा छौं । हामीले हाम्रो मित्रता सन्धिबाट मात्र नभई हाम्रो स्वतन्त्र व्यापार सम्झौताबाट पनि सुरु गरेका छौं,” उहाँले भन्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया