चीन जहिले पनि अन्य देशमा आफ्नो प्रभुत्व जमाउन खोजिरहेको हुन्छ। विशेषगरी छिमेकी मुलुक भारतलाई कमजोर बनाउने चीनको उद्देश्य छ र भारतमा उसको विशेष नजर छ । अब चीनको ध्यान बंगलादेशको मोङ्गला बन्दरगाहमा परेको छ । तर, भारतले चीनको यो कदममाथि लगाम कस्ने प्रयास गरेको छ ।
भारतले बंगलादेशको मोङ्गला बन्दरगाहको व्यवस्थापन र त्यहाँ नयाँ टर्मिनल निर्माण गर्न चासो देखाएको छ । भारतको यो कदमलाई महत्त्वपूर्ण मानिएको छ, किनकि यसले भारतलाई यस क्षेत्रमा आफ्नो स्थिति बलियो बनाउन र चीनको बढ्दो गतिविधिलाई रोक्न मद्दत गर्नेछ। यसको साथै छिमेकी राष्ट्र र त्यहाँ संसाधनको दुरुपयोग गरेर आफ्नो प्रभाव विस्तार गर्न खोज्ने महत्वकांक्षी चीनको उद्देश्य पनि धराशयी बन्नेछ।
भारतले दुई देशका बन्दरगाह सञ्चालन गर्ने अधिकार यसअघि नै पाइसकेको छ । इरानको चाबहार बन्दरगाह र म्यानमारको सिट्वे बन्दरगाह यसमा सामेल छन्। अर्कोतिर, एशिया महाद्वीपमा भइरहेको यो तानातानीबीच यदि भारतको यो कदम सफल भयो भने यसलाई भारतको लागि ठूलो राजनीतिक सफलता मानिनेछ ।
मोङ्गला बन्दरगाहमाथिको नियन्त्रणले भारतलाई बंगलादेशसँगको सम्बन्ध सुदृढ गर्ने र हिन्द महासागरमा आफ्नो सुरक्षा भूमिका बढाउने अवसर दिनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँगको आगामी भेटमा पनि यस विषयमा छलफल गर्न सक्ने विज्ञहरू बताउँछन्।
प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन शेख हसिना भारत आएकी हुनाले यो भेट विशेष हुने देखिएको छ । भारतले चुनावपछि शेख हसिनाको सरकारलाई समर्थन गरेकोले अब मोङ्गला बन्दरगाहबाट दुई देशबीचको सहकार्य अझ बढ्न सक्छ । मोङ्गला बन्दरगाहमा भारतको कामलाई रणनीतिक हिसाबले हेर्ने हो भने छिमेकी राष्ट्र चीनसँग प्रतिस्पर्धा गर्न भारत सक्षम हुनेछ । यसका साथै यसले हिन्द महासागर क्षेत्रको पश्चिमी र पूर्वी दुवै भागमा बन्दरगाह व्यवस्थापन गर्न मद्दत गर्नेछ।
यसबाहेक यो मामिला भारत र बंगलादेशबीचको बलियो साझेदारीका लागि कोसेढुङ्गा साबित हुन सक्छ। भारतमा भर्खरै सम्पन्न १८औँ लोकसभा चुनावमा भाजपा नेतृत्वको एनडीएको लगातार तेस्रो जितपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिएकी हुन्। प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन उनी आफै भारत पुगेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया