ऋणको बोझले दबिएको पाकिस्तानले चीनसँग माग्यो १७ अर्ब डलर सहयोग

कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको पाकिस्तान फेरि एकपटक सहयोगका लागि चीनको अनुहार हेरेर बसेको छ। पाकिस्तानले चीनसँग करिब १७ अर्ब डलरको सहायता मागेको छ । पाकिस्तानले शुक्रबार चीनसँग २१ सय मेगावाट क्षमताका तीनवटा विद्युत् उत्पादन आयोजनाको निर्माण कार्य सुरु गर्न अनुरोध गरेको छ । यसको साथै, चिनियाँ कोषका लागि सात पूर्वाधार योजनाहरू प्रस्ताव गरिएको छ। पाकिस्तानको यो यो कदम चीन–पाकिस्तान आर्थिक करिडोर (CPEC) को पहिलो चरणलाई थप विस्तार गर्ने प्रयास हो। पाकिस्तानले चीनसँग चार सडक र पुल परियोजनाअतिरिक्त डायमर बाशा बाँध, हैदरावाद-सुक्कर मोटरवे र पाकिस्तान रेलवेको मेनलाइन-१ परियोजनाका लागि आर्थिक सहयोग गर्न अनुरोध गरेको छ।

रिपोर्टका अनुसार पाकिस्तानको तर्फबाट प्रस्तावमा जुन ९ ऊर्जा र पूर्वाधार परियोजनाहरू राखिएका छन्, त्यसमा १७ अर्ब डलरभन्दा बढी खर्च हुनेछ, जसमा ऊर्जा परियोजनाहरूको ४.५ अर्ब डरको लागत समावेश छन्। पाकिस्तानबाट यो अनुरोध  सीपीईसीको सर्वोच्च निकाय, १३ औं संयुक्त सहयोग समिति (JCC) को बैठकमा गरिएको हो। जेसीसी बैठकमा पाकिस्तानको तर्फबाट योजनामन्त्री अहसान इकबाल र चीनको तर्फबाट बेइजिङका राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) का अध्यक्ष सहभागी थिए।

बैठकपछि पाकिस्तानी मन्त्री इकबालले भने, ‘हामी यो वर्ष २१ सय मेगावाट क्षमताका तीनवटा ऊर्जा आयोजना सुरु गर्नेमा सहमत भएका छौँ । यी परियोजनाहरूमा आजाद पाटन पावर प्रोजेक्ट, कोहला जलविद्युत परियोजना र ग्वादर कोइला आधारित पावर प्लान्ट समावेश छन्। आगामी छ वर्षभित्र दुईवटा जलविद्युत आयोजना सञ्चालनमा आउनेछन् । इकबालले ग्वादर र छेउछाउका क्षेत्रको आवश्यकता पूरा गर्न ३०० मेगावाटको कोइलामा आधारित विद्युत् आयोजनाको आवश्यकताबारे पनि ध्यान दिइने बताए ।

योजनामन्त्री इकबालले आयातित कोइला आयोजनालाई कोइलामा आधारित विद्युत उत्पादनका लागि स्थानीय कोइलामा परिणत गर्ने प्रस्ताव अध्ययन गर्न चीन सहमत भएको पनि बताए । यस कदमले कोइला लागतमा प्रति वर्ष १ बिलियन डलरको बचत गर्नेछ र चिनियाँ ऊर्जा आपूर्तिकर्ताहरूलाई समयमै भुक्तानी गर्न सहज हुनेछ। इकबालले थप जानकारी दिनुभयो कि चीनको राष्ट्रिय ऊर्जा प्रशासनले आयोजना निर्माणको चरणमा विद्युत घाटा कम गर्न र नियमित ऊर्जालाई प्रभावकारी रूपमा हरित ऊर्जामा रूपान्तरण गर्न सिफारिसहरू तयार गर्न पाकिस्तानको भ्रमण गर्नेछ।

पाकिस्तानले चिनियाँ वित्तपोषणका लागि सात पूर्वाधार परियोजनाहरू पनि प्रस्ताव गरेको छ, जसमा सीपीईसीको ६.७ बिलियन डलरको मेनलाइन-I परियोजना सामेल छ । पाकिस्तानले सीपीईसीमा डयामर बाशा बाँध, पञ्जगोर-मस्कूर रोड, हैदरावाद-सुक्कुर मोटरवे, झोब-क्वेटा रोड, क्वेटा-कराची रोड, काराकोरम राजमार्गको थाकोट-रायकोट खण्ड र वांगु टनेललाई सीपीईसीमा समावेश गर्ने प्रस्ताव गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया