‘भारतलाई देखाउन मात्र, पाकिस्तानको चन्द्रमा मिसन नक्कली’, देशको क्षमतामा पाकिस्तानीहरूको प्रश्न 

भारतले एक दशकअघि नै चन्द्रमामा मिशन चन्द्रयानलाई लञ्च गरेको थियो। चन्द्रयान एक मिशन र एक उपग्रह थियो। चन्द्रयान २ अन्तर्गत जब एक ल्यान्डर पठाइएको थियो तब भारत यसमा सफल हुन सकेन । भारतको चन्द्रयान–२ असफल भएपछि पाकिस्तानीहरू खुशीले गदगद भएका थिए ।

तर चन्द्रयान–३ को सफलतासँगै भारतले आफ्नो शक्ति विश्वसामु देखाएको छ । भारतको यो उपलब्धिपछि जब पाकिस्तानी जनताले आफ्ना नेताहरूको आलोचना गरे तब  उनीहरूले शुक्रबार चिनियाँ रकेट प्रयोग गरेर चन्द्रमाको लागि एउटा सानो उपग्रह प्रक्षेपण गरे। पाकिस्तान सरकार यो मिसनप्रति पाकिस्तानी जनता थप आक्रोशित बनेका छन् ।

पाकिस्तानी जनताको भनाइअनुसार पाकिस्तानी सरकार अन्तरिक्षमा भारतसँग प्रतिस्पर्धा गर्ने नाममा झुट बोलिरहेको छ। पाकिस्तानीहरूले भनेका छन् कि यो एक प्रोपोगण्डा मिशन हो। किनभने उक्त स्याटेलाइटमा कतै पनि पाकिस्तानको झण्डा थिएन न त चीनमा प्रक्षेपण गर्दा कुनै पाकिस्तानी वैज्ञानिक नै उपस्थित थिए । इली रजा नामका एक व्यक्तिले भने, 'पाकिस्तानले आफ्नो आर्थिक अवस्था र राजनीतिक समस्याहरू समाधान गर्नुपर्छ।' फरहान बलोच नामका व्यक्तिले भने कि यस मिशनमा न त पाकिस्तानको जमिन प्रयोग गरिएको थियो न त झण्डा कतै देखाइएको थियो।

फरहानले थप भने, ‘यो मिशन चीनले गरेको हो, तर पाकिस्तानले आफ्नो नाम कमाउनका लागि आफ्नो नाम लगाएको छ । तर यसमा हामीले केही गरेका छैनौँ । कुनै पनि देशले राम्रो काम गर्दा पाकिस्तानले आफ्नो नाम ल्याउँछ। अर्कोतिर भारतको चन्द्रयान मिशन नक्कली हो भनेर सोध्दा? यसबारे फरहानले थप भने, ‘मिसनमा भारतको झण्डा देखिन्थ्यो । उनीहरूले प्रमाण दिएका छन् । हामीले कुनै प्रमाण दिएका छैनौं। भारतले आफ्नै देशमा आफ्नै रकेटबाट प्रक्षेपण गरेको थियो । हामीले चीन गएर गरेका छौं। यो सम्पूर्ण मिशन नक्कली छ।

पाकिस्तानी जनताले प्रश्न गरेका छन्- रकेट चीनको, जमिन चीनको बैज्ञानिक चीनको, त्यसोभए यो मिसन पाकिस्तानको कसरी भयो ? पाकिस्तानको नाम बनाउन गएका थिए, तर हाँसोको पात्र बनाएर आए भन्ने उनीहरूको भनाइ छ । अवैस नामका व्यक्तिले मिडियामा चर्चा मात्रै भएपनि पाकिस्तानको कुनै स्याटेलाइट प्रक्षेपण नभएको बताए । नेताहरूले देश चलाउन सकेका छैनन्, कसरी चन्द्रमामा जान्छन् भन्दै उनले प्रश्न तेर्साएका छन् ।

उनले थप भने, 'पाकिस्तानबाट कुनै वैज्ञानिक चीन गएको छैन, रकेटमा हाम्रो झण्डा देखेको छैन, त्यसोभए यो मिसन भयो भनेर कसरी मान्न सकिन्छ।' अर्का एक व्यक्तिले भनेका छन्, ‘यो त भारतलाई पाकिस्तान पनि चन्द्रमामा गएको देखाउनको लागि मात्र हो । पाकिस्तानले मुस्लिम देशहरुसँग ऋण मागेको बेला यस्तो गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया