काठमाडौं: १५ वर्ष पुर्व भारतको मुम्बई सहरमा भएको आंतकवादी हमलाको विरोधमा उपत्यकामा पाकिस्तानविरुद्ध प्रदर्शन भएको छ ।
उक्त आतंकवादी हमलाका पाकिस्तानी सरकारको संलग्नतामा रहेको समेत बताइने गरिएको छ ।
स्वतन्त्र युवा समूहले आइतबार ललितपुरको जावलाखेलमा पाकिस्तानको आतंकवादविरुद्ध प्रदर्शन गरेको हो । दर्जनौं बढी स्वतन्त्र युवाहरूको सहभागीतामा २६/११ को मुम्बई हमलाको १५औं वर्ष पुगेको अवसरमा पाकिस्तानविरुरद्ध नाराबाजी गरेका थिए ।
पाकिस्तानले अझै पनि आतंकवाद गतिविधि नछोडेको, आतंकवादीलाई प्रश्रय दिएको भन्दै पाकिस्तान मुर्दावादको चर्को नाराबाजी गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया