जूनमा फेरि आउनेछ कोरोनाको नयाँ लहर! चिनियाँ विज्ञको दाबी

File Photo

चीनका शीर्ष विज्ञ (रेस्पिरेटरी) झोङ नानशानले दाबी गरेका छन् कि जुनको अन्त्यसम्ममा कोरोना महामारीको लहर आउन सक्ने सम्भावना छ, जसमा प्रति हप्तामा ६ करोड ५० लाख संक्रमित हुन सक्छन्। उनले कोरोना संक्रमण भाइरसको XBB भेरियन्टबाट बच्न चाँडै नै २ वटा नयाँ खोप बजारमा ल्याउने लक्ष्य रहेको बताएका छन् । झोङले सोमबार दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको ग्वाङ्झाउमा भएको २०२३ ग्रेटर बे एरिया साइन्स फोरममा उक्त टिप्पणी गरेका हुन्।

उनले भने कि अप्रिलको अन्त्य र मेईको शुरुमा आएको कोभिड-१९ संक्रमणको सानो लहर ‘अपेक्षित’ थियो। अनुमानले मई महिनाको अन्त्यमा संक्रमणको सानो पीक आउन हुने सम्भावना देखाएको छ। योसँगै संक्रमणको संख्या प्रति हप्ता करिब ४ करोडसम्म पुग्ने छ । जुनको अन्त्यसम्ममा, महामारीले हप्तामा करिब ६ करोड ५० लाख संक्रमित हुने आशंका व्यक्त गरिएको छ।

अर्कोतिर, पेकिङ युनिभर्सिटी फर्स्ट हस्पिटलका श्वासप्रश्वास विशेषज्ञ वाङ गुआङ्फाले मिडियालाई बताए कि दोस्रो लहरलाई लिएर खासै चिन्ता नरहेको बताए। दोस्रो लहर सधैं पहिलो भन्दा कम प्रभावकारी छ। यस लहरले न त अस्पतालमा बिरामीको संख्या बढ्ने छ अनि यसको लक्षण पनि सामान्य हुनेछ । यद्यपि, वाङले भने कि जो व्यक्ति पहिले नै कुनै रोगबाट पीडित छन्, वा जोसँग प्रतिरक्षा क्षमता कम छ, ती व्यक्तिहरू धेरै सावधान रहनु पर्छ। यसका साथै वृद्धवृद्धा, गर्भवती महिला र बालबालिकाले पनि सावधानी अपनाउनुपर्छ । उनले भने कि XBB भेरियन्टसँग लड्न प्रभावकारी खोपहरू विकास गर्न आवश्यक छ।

झोङले खुलासा गरे कि चीनले देशको वर्तमान प्रभावशाली XBB भेरियन्टको सामना गर्नका लागि दुईवटा COVID-19 खोपहरूलाई स्वीकृत गरेको छ र नयाँ खोपहरू चाँडै बजारमा ल्याइनेछ। उनले थप बताए कि छिट्टै थप तीन वा चारवटा खोप स्वीकृत हुनेछ। अझ प्रभावकारी भ्याक्सिन विकास गर्नमा हामी अन्य देशभन्दा अगाडि छौं। चाइना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (चाइना सीडीसी)का अनुसार XBB उत्परिवर्ती संक्रमण दर फेब्रुअरीको मध्यमा ०.२ प्रतिशतबाट बढेर अप्रिलको अन्त्यमा ७४.४ प्रतिशत र मईको शुरुमा ८३.६ प्रतिशतमा पुगेको छ।

चाइना सीडीसीले भने कि भेरियन्टसँग जोडिएको संक्रमणको अनुपात लगातार बढिरहेको छ। हाल चलिरहेको XBB स्ट्रेन भेरियन्ट ओमिक्रोनको पुनः संयोजक हो। आँकडाबाट पत्तो लाग्छ कि यसको सम्प्रेषणयीता र प्रतिरक्षाबाट बच्ने क्षमता प्रारम्भिक परिसंचरण ओमिक्रोन भेरिएन्टको तुलनामा बलियो छ, तर राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार यसको रोगजनकतामा कुनै उल्लेखनीय परिवर्तन भएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया