विस्तारवादी सोच राख्ने चीनले लगातार आफ्नो छिमेकी मुलुकहरूमा घुसपैठ गरिरहेको घटना नौलो कुरा होईन। मित्रताको आडमा चीनले जहिले छेपारोले जस्तो रङ फेर्ने गर्छ। यसैले चीनलाई आँखा चिम्लेर विश्वास गरिहाल्न भने मिल्दैन।
चीनको यस्तै विस्तारवादी सोचकै क्रममा चीनले भुटानको सीमानामा पूर्वाधार विकासलाई तीव्रता दिएको छ। तीमध्ये धेरैजसो निर्माण भुटानले दाबी गरेको भूभागमा भइरहेका छन् ।
केही महिनाअघि चीन र भुटानमाझ सीमा विवाद समाधान गर्ने कुरामा सहमति भएको थियो। यति हुँदाहुँदै पनि वार्ताको आडमा जिनपिङ सरकारले यो सानो हिमाली देशलाई धोका दिइरहेको छ। मित्रताको आडमा चीनले जहिले छिमेकी राष्ट्रहरूमा शत्रुता गरिरहेको हुन्छ। वास्तवमा चीनले यो निर्माणद्वारा भारतका लागि पनि खतरा बढाउन चाहन्छ।
चीनको यही उद्देश्यलाई राम्रोसँग बुझिसकेको भारतले पनि पूर्वोत्तर राज्यमा आफ्नो रक्षा तयारीलाई तीब्र बनाएको छ। भारतीय वायुसेनाले पूर्वोत्तरमा कमाण्ड स्तरको सैन्य अभ्यास गर्ने भएको छ।
भुटानसँगको सीमा विवाद समाधान गर्ने वाचा गरेर पनि चीनले विवादित क्षेत्रमा गाउँ र बस्ती बनाएर घुसपैठ गरिरहेको थाहा लागेको छ। हालैका रिपोर्टहरू अनुसार चीनले यस क्षेत्रमा २०० भन्दा बढी संरचनाहरू निर्माण गरिसकेको छ र थप निर्माणाका कार्यहरू पनि भइरहेका छन्। अक्टोबर २०२१ मा, चीनले भुटानसँग सीमा विवाद सम्बन्धी एउटा सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो। यसमा चीनले भुटानसँग तीन चरणको रोडम्यापमार्फत सीमा वार्तालाई तीव्रता दिने र विवाद समाधानका लागि काम गर्ने बताएको थियो।
यति हुँदा-हुँदै पनि चीनले सम्झौतालाई अदेखा गर्दै अहिले आएर सीमा क्षेत्रमा पूर्वाधार निर्माणको कार्य गरिरहेको छ। विवादित क्षेत्रमा गाउँ-बस्ती बनाएर घुसपैठ गर्न खोज्ने चीनको यस हरकतलाई चीनको धोकेबाज प्रवृत्ति रहेको ठहर गर्न सकिन्छ।
जानकारीअनुसार ३ स्टेप रोड म्यापमार्फत चीनले भुटानसँगको वार्ताको गतिलाई तीब्र बनाएको छ र भुटानसँग धेरै चरणको बैठक पनि गरिसकेको छ। हालै दुवै पक्षले यस सम्झौतामा सकारात्मक सहमतिबाट अगाडि बढ्ने वाचालाई पनि दोहोर्याीएका छन्। यति हुँदाहुँदै पनि चीनले भुटानी सीमामा तीव्र गतिमा घुसपैठ गरिरहेको छ। भूटानको सीमा नजिक चिनियाँ गाउँहरू रहेको धेरैवटा स्याटेलाइट तस्वीरहरूमा स्पष्ट रूपमा देखिन्छन्। चीनले पनि ती गाउँहरूमा बसोबास गर्न मानिसहरूलाई प्रोत्साहित गरिरहेको छ। चीनले यी जनतालाई पैसासहित विभिन्न किसिमका सरकारी सुविधा दिइँदै आएको छ ।
चीनले दशकौंदेखि भुटानको भूमि दाबी गर्दै आएको छ। भुटानको उत्तरी भागमा रहेको पासमलुङ र जकारलुङ उपत्यका चीनले दाबी गरेको क्षेत्र हो। भुटानका लागि यी क्षेत्रहरूले ठूलो सांस्कृतिक महत्त्व राख्छन्। दुई देशबीच पश्चिमाञ्चलको डोक्लाम, याक चु, सिन्चुलुङपा र लाङ्मार्पो उपत्यकालगायतका क्षेत्रमा विवाद छ। यस्तो अवस्थामा चीनले आफूभन्दा कमजोर भुटानलाई दबाएर भूमिलाई कब्जा गर्न खोजिरहेको छ।
चीनले अहिले सीमावर्ती क्षेत्रहरूमा पूर्वाधार विकासको कामलाई निरन्तरता दिइँरहेको छ। आफ्ना छिमेकीहरूसँग जोडिएको सीमानामा चीनले पूर्वाधारहरू निर्माण गरेर आफ्नो शक्तिलाई बढाउन चाहन्छ । अर्कोतिर भारतको छिमेकी राष्ट्रहरूमा प्रभाव बढाएर चीनले भारतलाई कमजोर बनाउने पनि रणनीति बनाउँदै आएको छ। यस्तोमा भुटानलाई आफ्नो कब्जामा पार्न सक्यो भने भारतमाथि दृष्टि राख्न सजिलो हुने पनि चीनले सोचेको हुन सक्छ। तर, चीनको भित्री उद्देश्यबाट राम्रोसँग परिचित भारतले पनि अहिले सीमा क्षेत्रलाई सुरक्षित पार्नका लागि विभिन्न प्रकारको कार्यहरू गरिरहेछ। अब चीनले भारतमाथि त्यति सजिलै अतिक्रमण गर्न सक्दैन र गरिहाल्यो भने भारतबाट उसले उचित जवाफ पनि पाउनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया