अफगानिस्तानमा तालिवान सरकारले महिलाहरु माथिको बिभेदलाइ कायम नै राखेको छ।तालिवानले अफगान महिला हरुलाइ कुनै पनि अन्तरास्ट्रिय संघ सस्थामा काम गर्न बन्देज लगाएको छ ।
सबै रास्ट्रिय तथा अन्तरास्ट्रिय गैरसरकारी संस्थाहरुमा काम गर्ने महिला कर्मचारीहरुले सरकारको कानुनको उचित पालना नगरेको भन्दै उनिहरुलाइ काम गर्न बाट रोक्न त्यहाको अर्थ मन्त्रालयले आदेश जारी गरेको छ।महिला हरुलाइ काममा नलगाउन निर्देशन दिदै सबै गैरसरकारी संस्थाहरुलाइ सूचना पठाइएको छ ।
तालिवान सरकारले इस्लामी हिजाबको पालना नगरिएको ,रास्ट्रिय तथा अन्तरास्ट्रिय काम सङ्ग सम्बन्धित अन्य नियम र कानुन हरुको बारेमा गम्भीर गुनासोहरु आएकोले महिलाहरुलाइ काममा नलगाउन ती संस्थाहरुलाइ निर्देशन दिएको छ।अफगानिस्तानको अर्थ मन्त्रालयले सरकारको निर्देशन लाई पालना गर्न सम्पुर्ण गैरसरकारी संस्थाहरुलाइ चेतावनी दिएको छ।यसरी अफगानिस्तानमा तालिवानहरुले महिला माथि काम गर्न प्रतिबन्ध लगाए पछि त्यहा कार्यरत चारवटा गैर सरकारी संस्थाहरुले आफ्नो काम बन्द गरिदिएका छन भने अमेरिका लगायतका मुलुकहरुले तालिवानको यो निर्णयको कडा आलोचना गरेका छन ।
अफगानिस्तानमा काम गरिरहेका चार प्रमुख साहायता समुहरुले गैरसरकारि संस्थाहरुमा महिला हरुलाइ काम गर्न प्रतिबन्ध लगाउने तालिवानको निर्णय पछि अफगानिस्तानमा गरिरहेका मानबिय सहयताका सम्पुर्ण कार्यहरु स्थगित गरेका छन।सेफ द चिल्ड्रेन ,इन्टरनेशनल रेस्क्यु कमिटी ,नर्बेजियन रिफ्युजी काउन्सिल र केयर ले अफगानिस्तानमा आफ्नो कार्य स्थगित गरेका हुन।चार गैर सरकारी संस्थाहरुले अफगानिस्तानमा स्वास्थ सेवा,शिक्षा ,बाल संरक्षण पोषण सेवाहरु र हिसामा परेका महिला र बालबालिहरुको का लागि सेवाहरु प्रदान गर्दै आइरहेका थिए।साथै मानवीय अवस्था घट्दै गएको बिचमा पनि सहयोग गर्दै आइरहेका थिए ।
तालिवान सरकारले बिगत केही महिना देखी छात्रा हरुलाइ विश्व बिद्यालय जान समेत रोक लगाएको छ।अफगानिस्तानमा बिद्यालय तथा गैर सहकारी संस्था हरुबाट महिलाहरुलाइ काम बाट निकालिदा वा बहिस्कार गर्दा छोटो देखि लामो समय सम्म विनासकारी मानवीय परिणाम तालिवान सरकारले भोग्नु पर्ने अवस्था आउन सक्ने रेडक्रसको अन्तरास्ट्रिय समितिले चेतावनी दिएको छ ।
अफगानिस्तानमा मानबिय साहायताको सबैभन्दा ठुला दाता हरुलाइ काम गर्ने सहज वातावरण नहुदा र महिला तथा बाल बालिकाहरुलाइ सहयता बितरण गर्न अनुमति नदिदा अफगानिस्तानमा महिला तथा बालबालिका हरुलाइ भोकमरी बाट बचाउन गाह्रो हुने देखिन्छ ।
तर तालिवान सरकार भने मानवीय सहयता गर्ने संस्था हरुलाइ बिस्थापित गर्ने रणनीतिमा रहेको छ।अनेक किसिमका नियम र कानुनहरुको पालना गर्न लगाउदै मानविय सहयता कार्यमा अबरोध सिर्जना गरिरहेको छ।तालिवानको यस्तो धम्किपुर्ण आदेश पछि अन्तरास्ट्रिय विभिन्न संघ संस्थाले तालिवानलो निर्णय बाट निरास भएको र हाल अफगानिस्तानमा तीन हजार भन्दा बढी महिला कर्मचारी विभिन्न अन्तरास्ट्रिय गैरसरकारी संस्थमा काम गरिरहेकोले यदि महिलाहरुलाइ काम गर्न नदिने हो भने खाचोमा परेका हरुलाइ मानविय सहयता पुर्याउन मुस्किल हुने चिन्ता व्यक्त गरेका छन ।
तालिवानको सो निर्णय पछि उनिहरुले आफ्ना सम्पुर्ण कार्यहरु स्थगन गरेका छन।अन्तरास्ट्रिय उद्दार समितिले पनि आफ्नो कामलाइ स्थगित गरेको छ।तालिवानको आदेशको पालना नगर्ने कुनै पनि संघ-संस्थाको इजाजत खारेज गरिदिने धम्की पछि अफगानिस्तानमा मानविय संकट बढ्ने चेतावनी विभिन्न गैरसरकारी संस्था हरुले दिएका छन।
फेसबुकबाट तपाईको प्रतिक्रिया